
उर्लाबारी, १२ फागुन
नेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौं महाधिवेशनमा मोरङको लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बास्तोलाले कोषाध्यष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङको उर्लाबारी–४ निवासी इमान्दार, लगनशील, कर्मठ लेखा अधिकृत बास्तोलाले कर्मचारी युनियनको नेतृत्व तहमा पुगेर कार्य गर्न इच्छा व्यक्त गरेको बताएका छन् ।
हाल केन्द्रीय सदस्य रहेका बास्तोला आम निजामती कर्मचारीका समस्या बुझेका युवा राष्ट्रसेवक हुन् । खोटाङमा कार्यरत रहँदा नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्ष भएका बास्तोला पछि धनकुटामा रहँदा महाधिबेशन प्रतिनिधि बने । उनी २०७७ साल असारदेखि केन्द्रीय सदस्य छन् । निजामति कर्मचारीको हकहितमा निरन्तर खटेको बताउने बास्तालोले २०७५ सालमा भएको विभेदकारी कर्मचारी समायोजनमा पीडित कर्मचारीहरुको बृत्ति विकासका सवालमा निरन्तर आवाज उठाइरहेको बताउँछन् ।
नेपाल निजामती कर्मचारीहरुको साझा सवालको नेतृत्व गर्ने र आम कर्मचारीहरुको हकहितको आवाज बुलन्द गर्दै नीति तथा कार्यक्रमलाई संस्थागत गर्नका लागि केन्द्रीय कोषध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको उनले बताए । महाधिवेशनमा सर्वसम्मतको पक्षमा आफू रहेका बताउँदै उनले सर्वसम्मत हुन नसके लोकतान्त्रिक प्रक्रिया अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि पनि आफू तयार रहेको उनले बताए । उनले आम कर्मचारीका साझा मुद्दा, सांगठानिक सुदृढीकरण, समायोजनको सन्दर्भमा पीडामा परेकाहरुको बृत्ति विकास, नेपाल कर्मचारी युनियन कल्याणकारी कोष स्थापना गर्नेलगायतका योजना अघि सारेको बताएका छन् ।



