
काठमाडौं, १२ फागुन
आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो। आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन्।



