About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ फागुन
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उर्लाबारीमा नेकपा एमालेले पार्टी गतिविधिलाई तीब्र बनाएको छ । नगरका ९ वटै वडामा टोल कमिटी गठनको कार्यलाई तीब्रता दिएको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले बताए ।
यस्तै, एमाले उर्लाबारी नगर कमिटीले विभिन्न १५ वटा विभाग गठन गरी जिम्मेवारी प्रदान गरेको छ भने वडा ईञ्चार्ज समेत तोकेको छ । एमाले वडा नं. १ मा भीम श्रेष्ठ, वडा नं. २ मा खेमचन्द्र थापा, वडा नं. ३ मा मित्रप्रसाद ढकाल, वडा नं. ४ मा केदारनाथ खतिवडा, वडा नं. ५ मा चेतन सिग्देल, वडा नं. ६ मा वेदनिधि पौडेल, वडा नं. ७ मा विकास बुढाथोकी, वडा नं. ८ मा रुद्र लामिछाने र वडा नं. ९ मा चन्द्रमणि भट्टराईलाई इञ्चार्ज तोकिएको नगर सचिव गोपालप्रसाद रिमालले जानकारी दिए ।
यस्तै, स्कुल विभाग संयोजकमा गंगाप्रसाद बास्तोला र सहसंयोजकमा प्रेमप्रकाश कोइराला, महिला विभाग संयोजकमा निर्मला गौतम र सहसंयोजकमा रामप्यारी तामाङ, युवा विभाग संयोजकमा योगराज लाबुङ र सहसंयोजकमा हेमन्त भट्टराईलाई जिम्मेवारी तोकिएको छ । एमाले उर्लाबारीको किसान विभाग संयोजकमा मित्र ढकाल, सहसंयोजकमा भक्तबहादुर विश्वकर्मा, उद्योग व्यवसाय विभाग संयोजकमा चेतन सिग्देल, सहसंयोजकमा गोपाल खरेल, बुद्धिजीवी विभाग संयोजकमा भुवन श्रेष्ठ र सहसंयोजकमा केशव घिमिरे, आर्थिक विभाग संयोजकमा भरतमणि गौतम, सहसंयोजकमा विकास बुढाथोकी, विद्यार्थी विभाग संयोजकमा हेमन सुब्बा र सहसंयोजकमा नवराज अधिकारी रहेका छन् ।
यस्तै, संगठन विभागको संयोजक गोपालप्रसाद रिमाल, सहसंयोजक झक्कड राना मगर, सहकारी विभाग संयोजक भरतमणि गौतम, सहसंयोजक बुद्धिलाल सोरेन, सूचना तथा सञ्चार विभाग संयोजक मदन दाहाल, सहसंयोजक सुमन घिमिरे, स्वास्थ्य विभाग संयोजक सरस्वती खरेल, सहसंयोजक छत्रपति पोख्रेल, संसदीय विभाग संयोजक लक्ष्मी ढुंगाना, सहसंयोजक कृष्णमाया कार्की, वन तथा वातावरण विभाग संयोजक सेहाङ लिम्बू, सहसंयोजक मिनकुमार योञ्जन र मजदुर विभाग संयोजक अनिल धिमाल, सहसंयोजक डोमनाथ खतिवडा रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय