
इटहरी,दुर्गा वहादुर गिरीको अध्यक्षतामा २१ सदस्यीय रिटर्नी फेडेरेसन नेपाल सुनसरी गठन गरिएको छ । इनरुवामा सम्पन्न पहिलो जिल्ला अधिवेशन द्धारा गठित समितिको उपाध्यक्षमा ज्ञानमणि दाहाल र जीवनकला राई,सचिवमा खेमराज पौडेल,उपसचिव लक्ष्मण थापा र खिलानाथ नेपाल तथा कोषाध्यक्षमा मिलन कार्की चयन हुनुभएको रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य सुनसरी इन्र्चाज रामनाथ भण्डारीले जानकारी दिनुभयो । सदस्यहरुमा भावना भुजेल,कुल वहादुर थापा,अमित अधिकारी,यस वहादुर पुरी,आशिष पौडेल,राजनारायण चौधरी र भूपाल थापा रहेका छन ।
जिल्ला अधिवेशनमा नेकपा एमाले सुनसरी अध्यक्ष रेवती भण्डारी, रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय उपाध्यक्ष विनोद भटटराई,केन्द्रीय उपमहासचिव जेपी सापकोटा,केन्द्रीय कमिटी सदस्य भरत सिवाकोटी,जिल्ला इन्र्चाज रामनाथ भण्डारीले नयाँ कार्यसमितिलाई वधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । रिटर्नी फेडेरेसन वैदेशिक रोजगारवाट फर्केकाहरु संगठित हुने नेकपा एमालेको जनसंगठन हो ।