
काठमाडौ,अन्तत्वगत्वा प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गर्नु भएको हो ।सचिवालयमा दर्ता भएको ३२ महिना पछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट पेश भएको हो।अर्थमन्त्री जर्नादन शर्मा अस्वस्थताको कारण देखाउदै सदनमा अनुपस्थित हुनुभयो । सञ्चारमन्त्री कार्कीले एमसीसी नेपालको सम्वृद्धि र विकासका लागि भएको जनाउनुभयो । माओवादी नेता देव गुरुङ्ग र एमाले नेता भीम रावलले संसदमा टेवल गर्ने सहमतिको तिव्र विरोध गर्नुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गरयो ।एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।



