About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलले विशेषज्ञ चित्कसकहरुले दिने ओपीडि सेवा निःशुल्क गरेको छ । छोटो समयमा गुणस्तरीय सेवा प्रदान गरि विरामीको मन जित्दै आएको हस्पिटलमा फागुनदेखि ओपीडिमा विशेषज्ञ चित्सिकको सेवानिःशुल्क गरेको हो ।अस्पतालमा न्यूरो, हाडजोर्नी तथानशा, मानसिक रोग, जेनरल फिजियिनलगायतको ओपीडि सेवा फागुन महिनादेखि निःशुल्क गरिएको अस्पतलाका निर्देशक दिनेश ठाकुरले जानकारी दिनुभयो । आर्यामा मष्तिक, मेरुदण्ड तथा नशारोग सम्बन्धि समस्याको लागि न्यूरो सर्जन डा. पंकजराज नेपालले सेवा दिदै आउनुभएको छ । यस्तै हाडजोर्नी तथानशारोग सम्बन्धी सेवाको लागि डा. मिलन केसी, मानसिक रोग सम्बन्धीत समस्याकालागि डा. आलोक झा, जेनेरल फिजिसियन सेवाकालागि डा. राकेश कुमार मण्डल हुनुहुन्छ । फागुनदेखि विशेषज्ञ चिकित्सकहरुको सेवा सुचारु गरेको अस्पतलले जनाएको छ । स्वास्थ्यको पहुचभन्दा टाढा रहेका विपन्न सामुदायहरुलाई लक्षित गरि आर्या अस्पतालले निःशुल्क सेवा सुचारु गरेको बताइएको छ । यसैबिच आर्याले अत्याधुनिक ‘एसीटि – ५० स्लाइस सिटी स्क्यान’ उपकरण जडान गरि संचालनमा ल्याएको छ ।

न्यूरो सम्बन्धी भरपर्दो उपचार गर्दै आएको अस्पतालले सिटी स्क्यान संचालनमा ल्याएपछि विरामीलाई सेवाप्रभाहमा सहजभएको छ । अस्पतालले लिने सेवाशुल्कहरु पनिअन्य अस्पतालको तुलनामान्यून रहेको दाबी गरिएको छ ।अस्पतालले चाँडै स्वास्थ्यबीमाकार्यक्रमपनि सुचारु गर्ने भएको छ । विपन्न सामुदायका विरामीलाई लक्षित गरि स्वाथ्यबिमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय