About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाठौ,नेकपा एमालेका केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशशन विभाग उपप्रमुख विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको वताउनुभयो । सामाजिक सञ्चाल मार्फत केन्द्रीय सदस्य रिजालले टिप्पणी गर्नुभएको छ “एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा ’एमसीसी पारित गरिन्न’ भनेर निर्णय गर्ने अनि अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्य÷अदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन । ” उहाँले अगाडी उल्लेख गनुएभएको छ सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ । तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन । मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय