झापा, २१ असार झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । आज बसेकाे डिसिएमसीकाे बैठकले निषेधाज्ञा खुकुलाे बनाउने निर्णय गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय झापाका प्रजिअ श्रवण तिमल्सिनाद्धारा जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ । असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय भएको हो ।
त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निषेधाज्ञामा जनाइएको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको जनाइएको छ ।



