
झापा, ६ फागुन
झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्कमा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालय प्रमुखहरूले सरसफाइ गरेका छन् ।बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा छैटौँ निर्वाचन दिवसका अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसरबाट सुरु गरेर महेन्द्र पार्कलगायत सरकारी कार्यालय आसपासका क्षेत्रमा सफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रमपछि जिल्ला समन्वय समितिको कार्यालय परिसरमा शुभकामना आदान–प्रदान कार्यक्रमसमेत गरिएको छ । जिसस प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतले प्रजातन्त्र स्थापनाल गर्न जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँहरुले पु¥याउनुभएको योगदानको कदर गर्नुभयो