
काठमाडौ, २१ असार प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार जुम मिटिङमार्फत हुने भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सहभागी हुनु हुनेछ ।