About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, शिक्षादिप कलेज विराटनगरले करिव ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को विज्ञान संकायको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई न्युनतम १० हजारदेखि ९० हजार ५ सयसम्मको छात्रवृति प्रदान गरेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका बताउनुभयो । प्रिन्सिपल खडका अनुसार गतवर्षको पनि यसै वर्ष ३० लाख बढी छात्रवृति प्रदान गरिएको छ । यसै विच कलेजले लिएको कक्षा ११ र कक्षा १२ को आन्तरिक परिक्षामा उत्कृष्ट हुने करिव १ सय जना विद्यार्थीलाई नगद सहित पुरस्कृत तथा सम्मान गरिएको छ । उनीहरुलाई कलेजका प्रिन्सिपल खडका, विज्ञान संकायका को–अर्डिनेटर बसन्त बस्नेत संत्रचालकहरु मणिराज भट्टराई, रामचन्द्र अधिकारी, भुपेन्द्र दाहाल र नविनकुमार राय, प्रा. डा आइयस झा लगायतले सम्मान तथा पुरस्कृत गर्नुभयो । शिक्षादिप कलेजमा कक्षा–११ र कक्षा–१२ गरि करिव २६ सय विद्यार्थीहरु कलेजमा अध्ययनरत छन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय