About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, ६ फागुन
भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गरेका छन् । शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित भएको हो । शाहीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले स्वागत गरे।
राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा घोषणासभानै गरेर राप्रपा र सो अभियानबीच समायोजन गरिएको हो । वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलार्इ राप्रपामा समाहित गर्न गरेको प्रस्तावलाई आज राप्रपाको पदाधिकारी बैठकले अनुमोदन गरेको हो । राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति लिएर यस कार्यका लागि महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति बनाएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय