About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ फागुन
यही फागुन १५ गतेदेखि हुने तेस्रो उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक उर्लाबारी फुटबल क्लबले शुक्रबार तालिका सार्वजनिक गरेको हो ।
उर्लाबारीका ९ वटै वडाको सहभागिता रहने प्रतियोगिता अन्तर्गत फागुन १५ गते उद्घाटन खेल वडा नं. ६ र वडा नं. ३ बीच हुने आयोजक समितिका कोषाध्यक्ष योगराज फागोले जानकारी दिए ।
उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुने प्रतियोगिताको फाइनल फागुन २३ गते हुने सचिव भीष्म बुढाथोकीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय