About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ६ फागुन

नेकपा एमाले मोरङ्गका अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लाका सवै १ सय ५९ वटै वडाहरु जित्ने गरि निर्वाचन लक्षित अभियान संचालन गरिरहेकोे वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै उहाँले माघ ७ गतेको वैठकले तीन महिने कार्ययोजना वनाएर जनताका घर घर पुग्ने गरि अभियान संचालन भइरहेको वताउनुभयो । उहाँका अनुसार मेरो वडा म जीताउँछु अभियान अन्र्तगत केन्द्रीय नेताहरु निर्वाचन क्षेत्रमा,प्रदेश नेताहरु पालिकामा र जिल्ला नेताहरुको नेतृत्वमा वडा वडामा अभियान संचालित छ ।फागुन १५ गते सम्ममा टोल कमिटि समेत गरेर १४ सय ३१ बढी कमिटिहरु गठन गरिसक्ने योजना छ । चैत १ गते देखि जनताको घर घरमा अभियान सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

मोरङ एमाले सामुहिक निर्णय, ब्यक्तिगत जिम्मेवारी नाराका साथ अघि वढेको छ । सामुहिक निर्णय मार्फत लोकपृय उमेद्धवारहरु चयन गरिने भएकाले सामाजिक सञ्जाल मार्फत वा आफैले आफैलाई उमेदवार घोषणा गर्न निशेध गरिएको अध्यक्ष पोखरेलले जनाउनुभयो । अर्को प्रसंगमा उहाँले देउवा सरकारले अर्लि इलेक्सन गर्ने निर्णय गरे नेकपा एमालेले सहर्ष स्वीकार गर्ने वताउनुभयो । अहिलेको संसदको कुनै काम नभएको उहाँको तर्क छ । सरकारमा वसेर मन्त्रीहरु झण्डा हल्लाएर हिडने अनि कार्यकर्ता सडकमा ढुंगा हान्ने यस्तो नाटक संसारमा कहिपनि नभएको उहाँको भनाई छ । नेकपा एमाले प्रमुख शक्ति भएकाले अहिले एमाले वरिपरि नेपाली राजनीति घुमिरहेको अध्यक्ष पोखरेलको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय