
काठमाडौं, सत्तारुढ गठबन्धनको बैठकमा आज पनि एमसीसीमा सहमति हुन सकेन । पर्सि आइतवार वस्ने गरि आजको वैठक विनानिष्कर्ष सकिएको छ। गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि आज बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ। एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर केही दिनदेखि गठबन्धनको बैठक बस्दै आएको छ। तर कुनै सहमति जुट्न सकेको छैन ।



