About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ फागुन
प्रदेश १ को नामकरणका लागि छलफल गर्न मुख्यमन्त्री राजेन्द्र राईले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशको नाम चाँडै टुंगो लगाउने भन्दै उनले फागुन १० गतेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
गत माघ १६ गते प्रदेश मन्त्रीपरिषद् बैठकले नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न स्वास्थ्य मन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदल मार्फत छलफल आह्वान गरिएको हो ।
सर्वदलीय बैठक आह्वानको तयारीका लागि बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेको स्वास्थ्य मन्त्री यादवले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय