About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

भाषा वैज्ञानिक प्रा.डा.माधव प्रसाद पोखरेल र अग्रज पत्रकार, साहित्यकार कृष्ण विनोद लम्साललाई इटहरीमा अभिनन्दन तथा पुरस्कृत गरिएको छ । इटहरीका साहित्यिक धरोहर धरणीधर दाहालको ९५औं जन्मजयन्तीका अवसरमा इटहरी साहित्यिक समूहले धरणीधर स्मृति पुरस्कार सहित अभिनन्दन गरेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री तथा गीतकार राजन राईले अभिनन्दन तथा पुरस्कृत गर्नुभयो ।

भाषा र ब्याकरणका चार दर्जन पुस्तकका लेखक प्रा.डा. पोखरेलले नेपालका १२३ भाषा मध्ये ६९ भाषाको वर्ण निर्धारण गर्नुभएको छ । अग्रज पत्रकार तथा साहित्यकार लम्सालका उपन्यास,कथा,कविता,खोजअनुसन्धान गरि ६ कृति प्रकाशित छन । प्रमुख अतिथि मन्त्री राईले भाषा वैज्ञानिक प्रा.डा. पोखरेल र अग्रज पत्रकार साहित्कार लम्साललाई सम्मान गर्न पाउदा आफै सम्मानित भएको महशुष गरेको वताउनुभयो । पुरस्कार पाएपछि त्यसको मर्यादा थाम्न सक्नुपर्नेमा पुरस्कृत प्रा.डा. पोखरेलको भनाई छ । इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष धरणीधर दाहालको स्मृतिमा स्थापित पुरस्कार पाउदा आफू निक्कै खुशि भएको लम्सालले वताउनुभयो । लम्साल इटहरी साहित्यिक समूहका सस्थापक उपाध्यक्ष हुनुहुन्छ । कार्यक्रममा प्रा.डा.भक्त राई,प्रा.डा. तारा निरौला,प्रा.डा. वद्रि विशाल पोखरेल, मनु मन्जिल,लगायतले स्व धरणीधर दाहालको ब्यक्तित्वमाथि चर्चा गर्नुभयो । उहाँहरुले पुरस्कृत ब्यक्तित्वहरुलाई वधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा इटहरी साहित्यिक समूहकी कोषाध्यक्ष गंगा आर्चायले पुरस्कृत प्रा डा पोखरेलको र गीतकार गायत्री लम्सालले लम्सालको ब्यक्तित्व प्रष्ट पार्नुभयो ।

इटहरी साहित्यिक समूहका सस्थापक अध्यक्ष धरणीधर दाहालले साहित्य,मानवशास्त्र तथा राजनीति सम्वन्धी एक दर्जन पुस्तक लेख्नुभएको थियो । उहाँको स्मृतिमा परिवारद्धारा स्थापित धरणीधर स्मृति प्रतिष्ठानले विगत १० वर्ष देखि प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको उहाँका छोरा राजेन्द्र दाहालले वताउनुभयो । इटहरी साहित्यिक समूहका अध्यक्ष श्री प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव जगदीश सापकोटाले संचालन गर्नुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय