About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

इटहरी उपमहानगरपालिका परिसरमा निर्माणाधिन स्मार्टशौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । इटहरी उपमहानगरपालिका स्थित इटहरी वजारमा सार्वजनिक शौचालय नभएको भनेर केहि संचारमाध्यममा आएका खवर र सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले इटहरी ९ स्थित वसपार्कमा दुईवटा सार्वजनिक शौचालय र आइत,वुध हटियामा पनि सार्वजनिक शौचालय रहेको वताउनुभयो । इटहरी उपमहानगरपालिका परिसरमा स्मार्ट सार्वजनिक शौचालय निर्माणको अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ जेठ ३० गते नै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भई २०७९ असार २५ सम्ममा निर्माण सम्पन्न म्याद थप भई निर्माण कार्य जारी छ । वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार स्मार्ट शौचालयमा महिला तथा पुरुष शौचालय,महिला तथा पुरुष दुवैका लागि अपांङ्गतामैत्री शौचालय,स्टाफ शौचालय रहने छन । त्यहाँ वगैचा,वाटर फाउण्टेन र क्लक टावर समेत रहने छ ।२० जनाले एकैपटक प्रयोग गर्न सकिने शौचालयमा स्वचालित चार वटा ढोकाहरु रहने छन । त्यहाँ सेन्सरजडित धारा र वत्तिको ब्यवस्था गरिएको छ । ढिलै भएपनि ब्यवस्थित शौचालय निर्माण हुदै गरेको नगरप्रमुख द्धारिकलाल चौधरीले वताउनुभयो । वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले उपमहानगरपरिसर वाहिर चौक आसपास कतै जग्गा उपलब्ध नभएपछि वाध्य भएर परिसरमै शौचालय निर्माण गरिएको वताउनुभयो । वडा नम्वर ६ का वडाध्यक्ष दिपक गौतमले चौकवाट नजिकै रहेको उपमहानगर परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको वताउनुभयो । यसैबिच उपमहानगरपालिकाले दुई वटा घुम्ति शौचालय खरिदका लागि प्रक्रिया अघि वढाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय