
काठमाडौं, ४ फागुन
एमसीसीका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक भोलिलाई बोलाइएको छ । एमसीसीबारे अन्तिम छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो । प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आज एमसीसी टेबल नगर्न समेत सहमत भएका थिए ।



