About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ४ फागुन
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ । आज कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता आइपिओको बिक्री खुला गरेको हो ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय