
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। वहुचर्चित एमसीसी आज टेवुल होला की नहोला सर्वत्र चासोको विषय वनेको छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँगेसले आज टेवुल हुने वताएको छ । तर बैठकको सम्भावित कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव राखिएको छैन।आजको संभावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने मात्र उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जनाएको छ । एमालेले एमसीसीको वारेमा आफनो धारणा सार्वजनिक गरिसकेको छैन । पहिला सत्तारुढ दल प्रष्ट भएपछि आफनो धारणा सार्वजनिक गर्ने वताउदै आएको छ । सत्तारुढ दल भित्र पनि फरक फरक मत रहदै आएको छ । केही वेरमा कार्यब्यवस्था समितिको वैठक वस्दै छ । आज एमसिसि टेवल गर्ने सरकारको तयारी छ । तर कार्यब्यवस्था समितिको वैठकले एमसिसिलाई कार्यसूचीमा राख्छ कि राख्दैन चासोको विषय वनेको छ ।



