About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ फागुन
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा उर्लाबारीका आठ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट गर्दा उर्लाबारीका आठ वटा विद्यालय परेका हुन् ।
जसअनुसार वडा नं. १ को शारदा माध्यमिक विद्याल, वडा नं. २ को शान्ति आधारभूत विद्यालय र वडा नं. ८ को लक्ष्मी माध्यमिक विद्यालयमा चार कोठे भवन बन्ने भएका छन् । यस्तै, वडा नं. ९ को सार्वजनिक माविमा दुई कोठे भवन तथा वडा नं. १ को नुनसरी आधारभुत विद्यालय, वडा नं. २ को सरस्वती माध्यमिक विद्यालय, वडा नं. ३ को दुर्गा माध्यमिक विद्यालय र वडा नं. ४ को सृजना आधारभुत विद्यालयमा आइसीटी ल्याब व्यवस्थापनका लागि बजेट परेको छ ।
यो कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख र आइसीटी ल्याब व्यवस्थापनका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय