About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३ फागुन
सामाजिक कार्यमा अग्रसर रहँदै आएको रोट्याक्ट क्लब अफ उर्लाबारीले विपन्नलाई कपडा न्यानो वितरण गरेको छ । यस वर्षको जाडोमा क्लबले तीन चरणमा झापा र मोरङका विभिन्न स्थानमा ६५ परिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
झापा दमक ताराबारी, उर्लाबारी–३ को दुर्गा चौक र उर्लाबारी–२ को डुम्रे क्षेत्रका विपन्न परिवारलाई कपडा वितरण गरिएको क्लबका अध्यक्ष गोपाल डाँगीले बताए । विगतमा झैं यस वर्ष पनि विपन्न परिवारलाई सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष सञ्जय बाहेतीले बताए । क्लबका सदस्य फराज खानको संयोजकत्वमा आयोजित कपडा वितरण कार्यक्रममा वडाका जनप्रतिनिधि, पेशाकर्मीलगायतको उपस्थिति रहेको थियो ।
युवाहरुलाई सामाजिक कार्यमा परिचालन गर्दै आएको रोट्याक्ट क्लबले यसअघि सरसफाई कार्यक्रम, प्रहरीसँग राखी, आमासँग तिज कार्यक्रम, रक्तदान, विभिन्न तालिम, अन्तर्राष्ट्रिय क्लबसँग सहकार्य गर्दै वृक्षरोपण तथा अन्य सामाजिक कार्यक्रम गर्दै आएको अध्यक्ष डाँगीले बताए । उनले सबैको साथ र सहयोगले क्लबले आगामी दिनमा अझै सामाजिक सेवाका कार्य गर्दै जाने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय