
नेपालकै पहिलो प्राविधिक विश्व विद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले विश्वविद्यालय जागिर खाने होइन जागिर दिने जनशक्ति उत्पादन गर्न लागि परेको वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै उहाँले विश्वविद्यालयले उद्यमी उत्पादन गर्ने वताउनुभयो । उहाँले विश्वविद्यालयको अर्धदक्ष र दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको वताउनुभयो । २०७६ असोज १६ गते प्रदेश १ सरकारले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो । प्रदेश सरकारले देशमै पहिलो पटक विश्वविद्यालय चलाएको हो ।
मोरंगको हात्तिमुढामा रहेको विश्व विद्यालयले यहि शैक्षिक शत्रमा स्कुल अफ इन्जिनियरिङ्ग अन्र्तगत स्नातक तहको वीई इन सिभिल इन्जिनियरिङ्ग र वीइ इन इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिङ्ग कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कुल अफ इन्जिनियरिङ्ग ,स्कुल अफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज संचालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि पनि विशेष ब्यवस्था रहेको उपकुलपति पोखरेलले जानकारी दिनुभयो । छात्रवृतिका कार्यक्रम साथै अर्न टु लर्न कार्यक्रम मार्फत पढदै पनि कामगर्दै गर्ने कार्यक्रम पनि रहेको उहाँले वताउनुभयो । पैसा नभएकै कारण कोहि पनि विद्यार्थी मनमोहनमा पढन वाट वञ्चित हुनु नपर्ने उहाँको दावी छ । मनमोहनमा पढेका विद्यार्थी कोहि पनि वेरोजगार वस्नु नपर्ने उद्योगीहरु जनशक्ति खोज्दै विश्वविद्यालयनै आउने गरेको उहाँले सुनाउनुभयो । उत्पादिन जनशक्तिलाई नेपाल तथा भारतका विभिन्न उद्योगहरु सँग समन्वय गरेर रोजगार वनाएको पोखरेलले वताउनुभयो ।