About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ असार
आगामी तीन साताभित्र नेपालमा २४ लाख डोज भेरोसेल खोप आउने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले खोप खरिद गरेको हो । जसअनुसार पहिलो चरणमा असार २५ गते खोप काठमाडौं आइपुग्नेछ ।
खोप लिनका लागि असार २४ गते बिमान चीन जाने छ । उक्त बिमान २५ गते फर्किने छ । यस्तै असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ । तेस्रो तथा अन्तिम खेप लिन साउन ७ गते जाने विमान ८ गते फर्किने छ । स्रोतका अनुसार एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६ सय डोज खोप ल्याउनेछ । यसअनुसार तीन खेलमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । सरकारले ४० लाख खोप खरिदका लागि सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय