About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि संस्कृति मन्त्री आलेको तिव्र आलोचना भएको छ । मन्त्री जस्तो पदमा रहेका मन्त्रीको अमर्यादित अश्लिल कुराकानी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँले राजिनामा गर्नुपर्ने माग वढेको छ । अछाम घर भइ भारतको मुम्बई बस्ने जगत ओलीलाई पटक पटक अश्लिलशब्द दोहोरयाएर गरेको गाली सामाजिक सञ्जालमा भाईरल भएको हो ।मन्त्री आलेले जहाँ छस त्यहिँवाट उठाइदिने,हात्तखुटटा काटिदिने समेत धम्कि दिएको सुन्न सकिन्छ । सुरुमा नम्र भएरै प्रस्तुत जगल ओली पनि पछि आक्रोशित भएर गालीमै उत्रिएको सुनिन्छ । मन्त्री आलेको सचिवालयले भने तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको जनाएको छ ।पर्यटनमन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवम् व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको जनाउनुभएको छ । उहाँले मन्त्री आले विरु भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गनुभएको छ ।मन्त्री आलेको लोकप्रियता वाट अत्तालिएर उहाँलाई वदनाम गर्न खोजको भन्दै कानुनी उपचारमा जाने उहाँले जनाउनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय