About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी र सिमा बस्नेत, सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजी खतिवडा रहेका छन ।सदस्यहरुमा मिलनजजन राई ,सुरेश बस्नेत , सुजता घिमीरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी चयन भएका छन ।निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा एरिना टेलिभिजनकी रञ्जना पौडेल र हिमशिखर टेलिभिजनका पारस सुवेदीलाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष भट्टराईले सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराइ सहित एमाले नेता रामप्रसाद चौलागाई , प्रेस चौतारी सुनसरीका पूर्व अध्यक्ष अग्रज पत्रकार कृष्ण विनोद लम्साल , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खडका,प्रेस युनियनका उपाध्यक्ष संजिव वाग्लेले  अधिवेशन सफलताको कामना गर्नुभएको चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो ।

 

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय