About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ फागुन
मोरङको उर्लाबारीमा छोराको चिर्पट प्रहारबाट आमाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा हिजो दिउँसो उर्लाबारी नगरपालिका–४ आईतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।
चिर्पट प्रहारबाट गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राति १०ः२५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए । हत्या गर्ने गंगाप्रसादले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय