About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २१ असार
टिकटकमा अब ३ मिनेट सम्मका भिडियो पोष्ट गर्न मिल्ने भएको छ । आगामी हप्ताभित्रै यो सुविधान उपलब्ध हुने जनाइएको छ । हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोष्ट गर्न सकिने सुविधा रहेको छ ।
टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोष्टमा भनेका छन् ः यस परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउनेछ । सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोष्ट गरिने भिडियोको अधिकतम लम्बाई एक मिनेट कायम गर्दै आएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय