About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १ फागुन
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए । आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका हुन् ।
ुप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव कार्यव्यवस्थामा दर्ता भएको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । कान्तिपुरबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय