About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ माघ
मोरङको उर्लाबारी–४ मा नेपाली काँग्रेसले टोल समिति गठनलाई तीब्रता दिएको छ । यसैक्रममा आज भानु स्कुल चौबाटो राई टोलमा ५८ सदस्यीय समिति गठन भएको हो ।
समितिको सभापतिमा पारस सुब्बा, उपसभापतिमा सुनिल जिमी, सचिवमा राधिका थापा, सहसचिवमा उत्तम धिमाल र कोषाध्यक्षमा हर्कमाया फुयँल रहेका छन् । नेपाली काँग्रेस प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं. १ (क) का सभापति नरबहादुर मोक्तान, क्षेत्र नं. १ की सदस्य गीता खतिवडा, उर्लाबारी–४ का वडा सदस्य कल्याण राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । काँग्रेसका वडा सभापति प्रेम याक्खाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव भीम घिमिरेले गरेका थिए ।
यसैबीच, उर्लाबारी–४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी ३९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लक्ष्मीनारायण मन्दिरमा आज आयोजित टोल कमिटी गठन कार्यक्रममा नवप्रवेशीलाई नेपाली काँग्रेसका प्रदेश नं. १ का सहमहामन्त्री खड्ग फागोले स्वागत गरेका थिए ।


कार्यक्रममा नेकपा एमाले परित्याग गरी चन्द्रबहादुर विक, नरबहादुर विक, कृष्ण श्रेष्ठ, जानुका विक, विमला विक, गोविन्द विक, कृष्णबहादुर धिमाल, छत्रबहादुर धिमाल, फूलमाया विक, दिलकुमारी विक, प्रेमबहादुर वर्देवा, कुमारी विक, पुन्यप्रसाद बास्कोटा, अम्बिका विक, सर्मिला बराइली, बालिका मिश्र, रमेश घिमिरे, गोविन्द घिमिरे, कल्पना बुढाथोकी, कमल बुढाथोकी, एलिसा श्रेष्ठ, अनिता घिमिरे, सुस्मा राय, सुरेन्द्रबहादुर भट्टराई, नेत्रबहादुर कार्की, विष्णुलाल आचार्य, गोपाल खड्का, गम्भीर कट्वाल, अरुण सुनुवार, राजकुमार राई, केवलबहादुर खड्का र कमल खड्का काँग्रेसमा प्रवेश गरेका छन् । यस्तै, माओवादी केन्द्रबाट नगेन्द्र दाहाल, विनोद तामाङ, संगीता तामाङ, हिक्मत कट्वाल, चन्द्रशमशेर थापा, सलबहादुर भुजेल काँग्रेस प्रवेश गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय