
काठमाडौं, २७ माघ
आज देशभरमा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ ।



