About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ माघ
उर्लाबारीमा नेकपा माओवादी केन्द्रको समानान्तर नगर कमिटी गठन भएको छ । गत नगर अधिवेशनबाटै असन्तुष्ट रहेको एक समूहले तोर्ण श्रेष्ठको संयोजकत्वमा समानान्तर कमिटी गठन गरेको हो ।
श्रेष्ठले कमिटी गठन भएको स्वीकार गरेपनि समानान्तर भन्न चाहेनन् । पार्टीभित्र विचलन आएकोले यसलाई व्यवस्थित गर्न आफूहरु संगठित भएको उनले बताए । बुधबार उर्लाबारी–४ मा हिरालाल देवकोटाको घरमा भएको भेलाले सचिवमा मोहन खनाललाई चयन गरेको छ । श्रेष्ठ नेकपा माओवादी केन्द्र उर्लाबारीका निवर्तमान अध्यक्ष हुन् ।
यता, माओवादी केन्द्र नगर कमिटी अध्यक्ष गजेन्द्र दंगालले समानान्तर कमिटी गठनका विषयमा आफूलाई औपचारिक जानकारी नभएको बताए । ‘कमिटी गठन भएको हल्ला सुनेँ’ उनले भने, ‘यदि गठन भएको हो भने उहाँहरुले गलत गर्नुभयो । समस्या भए बसेर सल्लाह गर्नुपर्छ ।’ पार्टी विधि र पद्दतिभन्दा बाहिर जानेलाई पार्टीले कारबाही गर्ने उनले बताए ।
समानान्तर कमिटी गठन गर्नु पार्टी हित विपरीत भएको बताउँदै माओवादी केन्द्र उर्लाबारीका प्रचार संयोजक सरोज बस्नेतले सल्लाह गर्नुपर्ने बेलामा हल्ला गर्नुको कुनै तुक नभएको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय