About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० असार
केही दिनदेखि प्रदेश १ प्रदेशसभा बैठक लगातार प्रभावित बनेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन समक्ष माफी माग्नु पर्ने माग राख्दै माओवादी केन्द्रले आइतबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
माओवादीले प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकोले माफी माग्नुपर्ने माग अगाडि सारेको छ । यो माग राख्दै माओवादीले लगातार चार वटा बैठक अवरुद्ध गरेको छ ।
आइतबारको बैठक सुरु हुनासाथ माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित गरिएको छ । मन्त्री गुरुङले माफी माग्नु पर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माओवादीले माग राखेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय