About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन । ताप्लेजुङमा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउनुहुन्छ । अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताउनुभयो । मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन । यो समयमा औल क्षेत्रमा अलैँची पूmल्न थालेको र लेकाली क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पु¥याएको किसानको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय