माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।परीक्षाको समयतालिका भने भोलीको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ ।