About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ माघ
मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेमा रहेको इलाका प्रशासन कार्यालयको नयाँ स्थायी भवन पुरानो मंगलबारेमा बन्ने भएको छ । चौक क्षेत्रमा साँघुरो ठाउँमा रहेर सेवा दिदै आएको प्रशासन कार्यालयको नयाँ सुविधा सम्पन्न संरचना पुरानो मंगलबारेमा बन्ने भएपछि इलाका प्रशासन कार्यालय सर्ने निश्चित भएको हो ।
नयाँ संरचना निर्माणका लागि उर्लाबारी नगरपालिकाको पहलमा केन्द्रिय सरकारले ९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सो कार्यालय सार्न लागिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए । मेयर फागोका अनुसार मोरङका ६ वटा स्थानीय तहका नागरिकहरुलाई सेवा दिँदै आएको कार्यालय अपर्याप्त पार्किङ, जग्गा अभाब र राजमार्गसँगै जोडिएको साँघुरो ठाउँबाट सञ्चालन हँुदा सो क्षेत्रमा बढी भिडभाड हुने र दुर्घटनाको जोखिम उच्च थियो, अब कार्यालय पुरानो बजारमा बन्ने निश्चित भएपछि त्यहाँको भिडभाड कम हुने र चौकदेखि बजारसम्मनै बजारीकरण विस्तार हुने फागोको भनाई छ ।
भवन निर्माण र सञ्चालनका लागि नगरपालिकाको सहयोगमा ६ कठ्ठा जमिन यसअघि नै छुट्याइ सकेको भएतापनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा निर्माण कार्य अगाडि बढ्न सकेको थिएन तर हालै बजेटको सुनिश्चितता भएका कारण छिट्टै नै सो स्थानमा भवन निर्माण कार्य थालनी गरिने २ नम्वर वडा वडाध्यक्ष राजन कँडेलले बताए । अध्यक्ष कँडेलका अनुसार विगत लामो समयदेखि प्रयोग विहिन बनेकोे सो क्षेत्रमा प्रशासन कार्यालय निर्माण हुने भएपछि जमिनको उपयोग हुनुका साथै मंगलबारे बजार क्षेत्र पनि बिस्तार हुने र उर्लाबारीको विकास र समृद्धिमा टेवा पुग्ने उनको भनाई छ । जनतालाई छिटोछरितो सेवा प्रदान गर्न र समग्र उर्लाबारीको बिकास र समृद्धिलाई टेवा पु¥याउने सेवा क्षेत्रको स्थानान्तरणमा नगरपालिकाले चालेको कदम तारिफ योग्य रहेको स्थानीयले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय