About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, २५ माघ
मोरङको मिक्लाजुङ गाउँपालिकामा भोलिदेखि दोस्रो अध्यक्षकप रनिङ शिल्ड वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा आज आयोजक मिक्लाजुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष तथा खेलकुद विकास समिति संयोजक सरला राईले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले ध्यान दिँदै आएको बताइन् । अध्यक्ष कप फुटबल प्रतियोगिताले मिक्लाजुङको खेलकुद विकासमा टेवा पु¥याउने उनको भनाई थियो ।
प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी पाएको वडा नं. ७ का वडाध्यक्ष सुशीलराज चौहानले प्रतियोगितालाई भव्यताका साथ सफल पार्न आफूहरु लागिपरेको बताए । अध्यक्ष कपमा मिक्लाजुङका ९ वटै वडाका टिमका सहभागिता रहने जनाउँदै उनले प्रत्येक वडालाई जर्सी, फुटबललगायतका खेलकुद सामग्री प्रदान गरिएको बताए । खेललाई थप व्यवस्थित गर्न विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकिएको उनले बताए । प्रतियोगिताका खेल संयोजक मदन श्रेष्ठले खेललाई सभ्य र भव्य रुपमा सफल पार्न लागिपरेको बताए ।
मिक्लाजुङ ७ स्थित मनोहर जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद ५१ हजार, उपविजेताले नगद ३१ हजार रुपैयाँसहित दुवै टिमले मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन भोलि माघ २६ गते हुँदैछ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने भएको छ । फाइनल खेल फागुन ४ गते हुने आयोजकले जनाएको छ । भोलि उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन वडा नं. ७ र गत वर्षको उपविजेता वडा नं. ४ बीच हुने भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय