About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ माघ
सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोग निर्वाचनको तयारीमा लागेको छ । आयोगले केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले केही दिनमै कार्यतालिका सार्वजनिक गर्ने बताएका छन् ।
निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजैबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको छ । अब आयोगले मतदाता नामावली अध्यावधिकको काम सुरु गर्ने उनले बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने पौडेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय