About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर विराटनगरमा फागुन एक र दुईगते प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरिए वमोजिम विराटनगरमा फागुन एक र दुई गते दुई दिन अभिमुखीकरण गर्ने भएको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ ।
प्रशिक्षणका विषयहरु
क. दसौं राष्ट्रिय महाधिवेशन÷विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
ख. सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
ग. स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धी र अनुभवहरु
घ. स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु
प्रशिक्षण कार्यक्रमका सहभागीहरु
क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
ख. प्रदेश कमिटी पदाधिकारीहरु
ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज÷सहइन्चार्जहरु
ङ. प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
छ. नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
ज. नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु
झ. पालिका पार्टी कमिटीका अध्यक्षहरु
प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल÷दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
समय
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय