सप्तरीमा देवरले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउदा ज्यान गएको छ ।सप्तरीको बोदेबर्साइन नगरपालिका वडा न.१ धनगढी बस्ने प्रमेश्वर साहले २८ बर्षिया भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीका श्रीमान रविनकुमारले वताउनुभयो । राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो । गत माघ २१ गते बिहान घरमा खाना पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले भाउजु राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।राजकुमारीको विराटनगरमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।उहाँका अनुसार राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले श्रीमतिको शरीरमा आगो लगाएको भन्दै ईलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको छ ।