About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २० असार
विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार अर्जेन्टिना र कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरे । कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस्तै, अर्जेन्टिनाले इक्वेडरलाई ३–० ले हरायो ।
ब्राजिल र पेरु यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अब, फाइनल प्रवेशका लागि ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुने भएको छ । यो संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमा भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय