
काठमाडौं, २३ माघ
आज नेपालमा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको ६ हजार ४४३ परीक्षणमा १ हजार १८३ र २ हजार ८०८ एन्टिजेन परीक्षणमा २०३ जनामा पोजिटिभ देखिएको हो ।
यस्तै, आज एकै दिन ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



