About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,प्रदेश १ मा आठ जना मन्त्री थपिएका छन । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।अव एक राज्यमन्त्री सहित मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको मन्त्रिमण्डल १४ सदस्यीय बनेको छ । प्रदेश १ को मन्त्रिमण्डलमा नेपाली काङ्गेसबाट मोरङका शेखरचन्द्र थापा वन, वातावरण तथा भूसंरक्षण , झापाका ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगार र ताप्लेजुङका प्रतापप्रकाश हाङगाम भूमि  सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चार, इलामकी खिनु लङ्वा  लिम्बू पर्यटन तथा संस्कृति मन्त्री र खोटाङका राजन राई सामाजिक विकास मन्त्री वन्नुभएको छ । सामाजिक विकास मन्त्री जयराम यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई खानेपानी सिँचाई, तथा ऊर्जा  र झापाका झलकसिंह दर्लामी मगर कृषि मन्त्री वन्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै रहनुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय