About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ माघ
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई मन्त्रीपरिषद् बिस्तारको तयारी गरेका छन् । उनले भोलि (आइतबार) बिहान ११ बजे थप मन्त्रीहरुको सपथ गराउने तयारी गरेका छन् । प्रदेश सरकारले सात सदस्यीय मन्त्रीपरिषद्लाई बढाएर १२ सदस्यीय बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।
आइतबार गठबन्धनभित्रका चार दलबाट मुख्यमन्त्री राईले मन्त्री थप गर्ने भएका छन् । विस्तार हुन लागेको मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट थप तीन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट दुई÷दुई जना मन्त्री बन्न लागेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राईले आइतबार नियुक्त गर्न लागेका मन्त्रीहरुको नाम भने गोप्य राखेका छन् । यद्यपि कांग्रेसबाट शेखरचन्द्र थापा, प्रताप प्रकाश हाङ्गाम र ओमप्रकाश सरावगी मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाइ छ । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, माओवादी केन्द्रबाट रामकुमार राई मन्त्री बन्न लागेको जनाइएको छ ।
यस्तै, गठबन्धनभित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एकजनाका दरले प्रदेश १ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने जनाइएको छ । हालको ७ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री राईले चार मन्त्री र एक राज्यमन्त्री यसअघि नै नियुक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय