About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २२ माघ
एचआइभी एड्सको नयाँ भेरियन्ट फेला परेको छ । नेदरल्याण्डमा भेटिएको यो नयाँ भेरिएन्ट पुरानोभन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्‍याउने बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ ।
नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको खबरमा उल्लेख छ । संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ । तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको खबरमा उल्लेख छ । नयाँ भेरिएन्ट सन् १९८० मा नै उत्पन्न भएर सन् २०१० देखि घट्दै गएको र अहिले फेरि देखिएको हुनुसक्ने जनस्वास्थ्य वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय