
धरान,२२ माघ नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले आफूलाई कम्युनिष्ट पार्टीको नेता होइन नेपाली काँग्रेसको मामुली कार्यकर्ताका रुपमा रुपान्तरण गरेको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले सुनसरीले धरानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाउनुभएको हो । उहाँले‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरेको वताउनुभयो । अव नेपाली राजनीति दुई ध्रुवमा रुपान्तरण भएको एउटाको नेतृत्व एमाले र अर्कोको काँग्रेसले गर्ने भएकाले तेश्रोध्रुवको औचित्व नरहने अरु उनीहरुकै सहयोगि मात्र हुने वताउनुभयो ।




उहाँले ५ दलिय गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन गर्न आनाकानी गर्दै स्थानीय तहको संरचनलाई नै ध्वस्त पार्ने षडयन्त्र सुरु गरेको आरोप लगाउनुभएको छ । उहाँले गठबन्धनको सरकार स्थानीय तहलाई संघिय संरचनाबाट हटाउने खेलमा लागेको बताउनुभएको हो । सरकारको यो षडयन्त्रको विरुद्धमा आम नेपाली नागरिकले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने नेता पोखरेलले वताउनुभयो । स्थानीय तहलाई कमजोर पर्नु भनेको संघियतलाई नै धराप थाप्नु सरह रहेको उहाँको भनाइ छ । यसले नेपालको लोकतन्त्रलाई नै कमजोर पर्ने उहाँको धारण छ ।
महासचिव पोखरेलले एमालेमा रहदा माधव नेपालले विधि, पद्दतीको कुरा गर्ने र एक पद एक व्यक्तिको कुरा उठाए पनि अहिले पार्टी टुक्राएपछि नेकपा एसमा आफै अध्यक्ष, आफै संसदीय दलको नेता बनेर हिजो केपी ओलीप्रति लगाएको आरोप निरर्थक भएको प्रमाणित गरेको वताउनुभयो । उहाँले माधव नेपाल संसदीय इतिहासमै सबैभन्दा बढी संसदीय ह्विप तोड्ने, पार्टीविरुद्ध राष्ट्रपति, अदालत र कांग्रेससँग साँठगाठ गर्ने ब्यक्तिका रुपमा आफनो नाम दर्ज गरेको वताउनुभयो ।