About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २२ माघ
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा मोरङमा दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ । आज विराटनगरमा प्रेस चौतारीले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा उर्लाबारीका पत्रकार घनश्याम भण्डारी र विराटनगरका पत्रकार नेत्र पी अधिकारीलाई पुरस्कृत गरिएको छ ।
भण्डारीलाई २०७७ र अधिकारीलाई २०७८ सालको कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । गतवर्ष कोरोना महामारीका कारण पुरस्कार वितरण गरिएको थिएन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकालले दोसल्ला ओढाएर, नगद र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कारको राशी जनही नगद ११ हजार १११ रहेको छ ।
प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि ढकाल, एमाले केन्द्रीय सदस्य विनोद ढकाल, प्रेस चौतारीका केन्द्रीय लेखा आयोगका अध्यक्ष विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य र प्रेस युनियन मोरङका उपाध्यक्ष कौशल निरौलाले शुभकामना मन्तव्य राखेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय