
इटहरी, २१ माघ
सुनसरीको लौकहीको खुनिया पुलमा बस र ट्रक एक आपसमा जुध्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आज साँझ भएको उक्त दुर्घटनामा बसका चालकसहित तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले बताएका छन् ।
साँझ ७ बजेर १९ मिनेटमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बर यात्रुवाहक बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा जुध्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक र बस एक आपसमा जुध्दा आगो लागेको कारण मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर अहिले ट्रक र बस अलग गराइएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन ।



