
उर्लाबारी, २१ माघ
गुणस्तरीय शिक्षाको पर्याय बनेको छ, उर्लाबारी–७ स्थित वेथेल एकाडेमी । त्यसो त उर्लाबारी–७ मै छन् धेरै निजी विद्यालय । उर्लाबारीकै पुरानोदेखि नयाँसम्म यही वडामा छन् । त्यही भीडमा छुट्टै पहिचान बनाउन वेथेल एकाडेमी लागिपरेको छ ।
विद्यालय सञ्चालनमा एउटा भिजन र मिसन आवश्यक छ । स्पष्ट भिजनसहित अघि बढेका विद्यालयका संस्थापक प्रिन्सिपल दीपक न्यौपाने वेथेललाई नमूना निजी विद्यालय बनाउने अभियानमा रहेको बताउँछन् । सुविधासम्पन्न भौतिक पूर्वाधारमा तालिमप्राप्त शिक्षकशिक्षिकाबाट अध्यापन गराउँदै आएको प्रिन्सिपल न्यौपाने बताउँछन् ।
पूर्वप्राथमिक तहमा पूर्ण मन्टेश्वरी विधिको प्रयोग गरिएको उनको भनाई छ । बालबालिकालाई खेल्दै सिक्नका लागि पर्याप्त सामग्रीको व्यवस्था विद्यालयले गरिदिएको छ । शान्त वातावरण, सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालयको व्यवस्था रहेको वेथेलमा श्रव्यदृश्य प्रविधिबाट पनि शिक्षण गरिँदै आएको छ । विद्यार्थीको सर्वांगीण विकासका लागि पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि जोड दिइएको प्रिन्सिपल न्यौपाने बताउँछन् ।




साप्ताहिक रुपमा संगीत, नृत्य, भाषणकला, चित्रकलालगायतका कक्षा सञ्चालन गरिएको छ । मासिक रुपमा विद्यार्थीका स्वास्थ्य जाँच, होस्टलको सुविधा समेत विद्यालयले प्रदान गर्दै आएको छ । अहिले विद्यालयमा साढे ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने २८ जना शिक्षकशिक्षिका कार्यरत छन् । विद्यार्थीको सुविधाका लागि स्कुल बसको व्यवस्था पनि गरिएको छ भने ३५ जनाभन्दा बढी होस्टलमा बस्दै आएका छन् । विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै डे बोर्डसको व्यवस्था पनि गरिएको छ ।
कोभिड १९ को महामारीमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै सरकारको निर्देशन अनुरुप कहिले भौतिक त कहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन गरिएको प्रिन्सिपल दीपक न्यौपानेले बताए । ‘महामारीमा विद्यार्थीलाई शिक्षा लिनबाट वञ्चित गराएनौं’ उनी भन्छन्, ‘हाम्रो सम्पूर्ण ध्यान विद्यार्थीका पढाइ र गुणस्तरमा नै केन्द्रीत छ ।’ वेथेल एकाडेमीले यस वर्षको सरस्वती पूजामा विशेष छुटका साथ विद्यार्थी भर्ना गर्ने जनाएको छ । शुल्कमा छुट दिएपनि हामी गुणस्तरमा कमी हुन नदिने उनले बताए ।
नयाँ सोचका साथ विद्यालयले विभिन्न कार्यक्रमलाई अघि बढाएको छ । यस वर्षदेखि अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम ल्याएको बताउँदै प्रिन्सिपल न्यौपानेले विदेशी शिक्षकबाट नयाँ विधिको प्रयोगबाट शिक्षण हुने जनाए । मन्टेश्वरी कक्षालाई छुट्टै भवनमा राखेर शिक्षण गर्नका लागि भवन निर्माण भइरहेको बताउँदै उनले भने, ‘विद्यालयमा प्राविधिक विषयको अध्यापन गराउने योजना छ, आगामी शैक्षिक सत्रदेखि सुरुवात गर्ने छौं ।’ तल्लो कक्षादेखि नै विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सके पछि उसले बेरोजगार बस्नु नपर्ने भएकोले यसको तयारीमा आफूहरु रहेको उनले बताए । ADVT.